बुधबार, जेठ १५, २०८२

अछाममा भीरबाट लडेर किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अछाम- अछाममा भीरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । 

घरबाट खर काट्न गएकी चेतनाको शनिबार दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ । भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको बताइएको छ । 

उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए । मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।