आइतबार, जेठ १२, २०८२

राज्य व्यवस्था समितिलार्इ जंगी अड्‍डाको ब्रिफिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  राज्य व्यवस्था तथा सुशासन समितिलार्इ नेपाली सेनालार्इ ब्रिफिङ दिएको छ। 

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ तथा सदस्यहरुलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा ब्रिफिङ दिएको हो। उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको समेत उपस्थिति थियो।

कार्यक्रममा सभापति तथा मन्त्रीलार्इ प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले स्वागत गरेका थिए। कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दले नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठ्माण्डौं(तराईरमधेश द्रुतमार्ग ९भ्हउचभककधबथ० आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी ब्रिफिङ गरेको जनाइएको छ। उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा समेत छलफल समेत भएको थियो।  

कार्यक्रममा समितिका सभापति श्रेष्ठ र उपप्रधान तथा रक्षा मन्त्रि पोखरेलले आ(आफ्नो मन्तव्य राखेका थिए। 

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु, रक्षा मन्त्रालयका सचिव तथा पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।