शनिबार, जेठ ४, २०८२

प्रतिनिधिसभामा ६१ जनामात्र सांसद भेटिएपछि बैठक स्थगित

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

आजको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको सञ्चार तथा सूचना प्रविधिन्त्री रेखा शर्माले जवाफ दिएपछि नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गणपूरक संख्याको बारेमा प्रश्न उठाएका थिए। 

त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा संसद्को एक चौथाइ सदस्य अर्थात् ६९ जना हुनुपर्नेमा ६१ मात्र सांसद भेटिएपछि बैठक आगामी वैशाख ३ गते आइतबार बस्नेगरी स्थगित गरिएको छ।

प्रकाशित: Apr 12, 2023| 17:14 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...