शनिबार, जेठ ४, २०८२

नेप्सेमा दोहोरो अंकको वृद्धि

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेको छ। आज नेप्से १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ पुगेको छ।

यस दिन २६२ वटा धितोपत्रको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको हो। मंगलबार कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर ४१४ रुपैयाँ ८० पैसा पुगेको छ। 

यस्तै, आदर्श लघुवित्तको सेयरमूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ७५ रुपैयाँ पुगेको छ। यसैगरी, सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ३.५४ प्रतिशतले घटेर ३१३ रुपैयाँ पुगेको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४०० रुपैयाँमा ७ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत बढेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशतले बढेको छ। यस्तै, वित्त र विकास बैंक समूहको परिसूचक २.४३ र २.३५ प्रतिशतले बढेको छ।
 

प्रकाशित: Apr 11, 2023| 15:33 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्