शनिबार, जेठ ४, २०८२

सभापति देउवा भन्छन्- पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले पार्टी संगठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताएका हुन्।

‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरूको पनि महत्वपूर्ण भूमिका रहेको थियो’, सभापति देउवाले भने। सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेकोसमेत बताए।

‘पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ’, सभापति देउवाले भने। उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे।

प्रकाशित: Apr 11, 2023| 15:06 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...