शनिबार, जेठ ४, २०८२

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सोमबारदेखि लागू हुनेगरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिए। मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए। मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्।

प्रकाशित: Apr 10, 2023| 14:33 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...