शनिबार, जेठ ४, २०८२

बागदरबार–सिंहदरबार टक्कर राम्रो होइनः गगन

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले बागदरबार र सिंहदरबारबीचको टक्कर राम्रो नहुने बताएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै उनले काठमाडौं महानगरपालिकासँग वार्ता गरेर समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा सिंहदरबार, शीतल निवास र मन्त्री क्वार्टरको फोहोर नउठेपछि गगनले संसद्मा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 

थापाले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस् र जायज माग पूरा गरियोस्। यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्।’

संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तरतह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए। उनले स्थानीय तहका प्रतिनिधि सिंहदरबारमा आएर घुम्ने प्रवृत्ति हल गर्नुपर्ने माग गरे।

२०७६ सालदेखि अन्तरप्रदेश परिषद्को बैठक नै नबसेको उनको भनाइ छ। थापाले भने,‘ समस्या स्थानीय सरकारमा पनि छ। तर, संघले कानुन बनाइदिएको छैन। काठमाडौं महानगरमा देखिएको टकराव हल गरियोस्। स्थानीय सरकारलाई काठमाडौं महानगरमा आउने वातावरण नबनाइयोस्।’

प्रकाशित: Apr 10, 2023| 13:22 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...