शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी सभामा रविले भने- अडियो प्रकरणको छानबिन गरेर कारबाही गर्न सकिनँ भने गढीमाईमा बलि दिनु

चुनावी सभामा रविले भने- अडियो प्रकरणको छानबिन गरेर कारबाही गर्न सकिनँ भने गढीमाईमा बलि दिनु

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन्।

आइतबार बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए। व्यवसायी दुर्गा प्रसाईंसँग सांसद श्रेष्ठले दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि लामिछानेले उक्त कुरा बताएका हुन्। 

उनले भने, 'मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो। अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला।'

'हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु। तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ।' उनले भने।

देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुने लामिछानेले बताए। छानबिन नसकिएसम्म पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने लामिछानेको भनाइ थियो।


 

प्रकाशित: Apr 09, 2023| 18:41 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...