आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सहसचिव भुपाल बरालको नेतृत्वमा लेखिँदै आगामी वर्षको बजेट मस्यौदा

सहसचिव भुपाल बरालको नेतृत्वमा लेखिँदै आगामी वर्षको बजेट मस्यौदा

अर्थमन्त्री महतले मन्त्रीस्तरीय निर्णय गराएर बरालको संयोजकत्वमा ६ सदस्यीय सहसचिव सम्मिलित समिति गठन गरेका हुन्। 
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयार गर्न सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ।

शुक्रबार डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णय गराएर बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्। 

समिति संयोजकमा बराललाई तोकिएको छ भने सदस्यमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन्। समितिले बजेटको मस्यौदा तयार गर्नेछ। १ चैतदेखि नै मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो। 

आगामी १३ जेठमा आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम फाइनल गर्ने तयारीमा मन्त्रालय छ।

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संघीय संसद् बैठकमा अर्थमन्त्री महतले प्रस्तुत गर्नेछन्।

प्रकाशित: Apr 07, 2023| 16:13 शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्