आइतबार, जेठ ५, २०८२

नयाँ वर्षमा गोदरेजको 'क्यास ब्याक' अफर 

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- भारतको रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी क्यास ब्याक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको होम अप्लायन्स खरिदमा आकर्षक क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले यो योजनाको लाभ चैत १७ गतेदेखि सीमित अवधिका लागि देशभर पाउनेछन्। ग्राहकले हरेक सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाउन सक्ने गोदरेजका लागि आधिकारिक वितरक सीजी ईओएलले जनाएको छ।

कम्पनीका अनुसार फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिनेछ। गोदरेजका सामानहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी छ।
 

प्रकाशित: Apr 06, 2023| 19:20 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्