सोमबार, असार २३, २०८२

लागूऔषधसहित धरानबाट एक जना पक्राउ

सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको  प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

धरान- सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको  प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती  धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र  घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। 

धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको  रिजालले बताए।

प्रकाशित: Apr 06, 2023| 11:57 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्