सोमबार, असार २३, २०८२

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

धनगढी- कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। मंगलबार राति साढे आठ बजे बर्दगोरीया गाउँपालिका-२ झगडपुर बस्ने २७ वर्षीय ज्ञानी बहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिगएको प्रहरी टोलीले उनलाई घर नजिकै पसलमा बसिरहेको अवस्थामा पक्राउ गरेर बुधबार कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ।

प्रकाशित: Apr 06, 2023| 08:25 बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्