आइतबार, जेठ ५, २०८२

फोनपे र सुलभपे बीच भुक्तानी सहकार्य

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश ) वालेटबीच सहकार्य सुरू भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो।

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे –एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे। यो सँगै सुलभ पे प्रा.लि. को एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ। एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित: Apr 05, 2023| 19:30 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्