आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणभाबाट प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति

आइएमई जनरल इन्स्योरेन्सको विषेश साधारणभाबाट प्रुडेन्सियलसँगको मर्जर प्रक्रिया स्वीकृति

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।

साधारणसभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा राखिएको प्रुडेन्सियल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियासम्बन्धी प्रस्तावहरु स्वीकृत गरेको हो। 

सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरसम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम आजको विशेष साधारणसभा बोलाइएको जानकारी गराए।

अध्यक्ष ढकालले दुवै कम्पनीको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा डीडीए रिपोर्टसमेतका आधारमा सेयर अनुपात क्रमश १:१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात बन्ने ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँ हुने बताए।

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने उनले विश्वास व्यक्त गरे।

कम्पनीहरु गाभिएपश्चात बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करिब ४ अर्ब हुने जानकारी अध्यक्ष ढकालले दिए। नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पुँजीका आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुनेसमेत उनले बताए। 
 

प्रकाशित: Apr 05, 2023| 17:30 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्