आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन मेरो नेतृत्वको टिम: अञ्जन [बाचापत्रसहित]

जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन मेरो नेतृत्वको टिम: अञ्जन [बाचापत्रसहित]

बुधबार आयोजित कार्यक्रममा उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो टिमसहित बाचापत्र सार्वजनिक गरेका छन्।

बुधबार आयोजित कार्यक्रममा उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए। स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने उनको भनाइ छ। 

नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए। महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो बाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे।

आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग-व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे। श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका  छन्।

अन्जन समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए। समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्।

यस्तो छ बाचापत्र

प्रकाशित: Apr 05, 2023| 14:41 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्