आइतबार, जेठ ५, २०८२

आज पनि सेयर बजार राताम्मे

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

नेप्से आज सोमबार १६ दशमलव ६७ अंकले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ। हिजो आइतबार पनि नेप्से २० अंकले घटेर बन्द भएको थियो। सरकार विस्तार भएर अर्थ मन्त्रालयले अभिभावक पाएको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक घटेको थियो।

नयाँ अर्थमन्त्री नियुक्त भएसँगै सेयर बजारले स्वागत गर्ने अपेक्षा गरिएको थियो। अर्थमन्त्री नियुक्त हुनासाथ प्रकाशशरण महतले समग्र अर्थतन्त्रसँगै सेयर बजारलाई पनि सम्बोधन गरेका थिए। सेयर बजारमा व्याप्त निराशालाई आशामा बदल्ने उनको भनाइ थियो। नवनियुक्त अर्थमन्त्रीको सम्बोधनपछि आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बन्न सहयोग पुग्ने आम अपेक्षा थियो। तर हिजो र आजको सेयर बजारले यो अपेक्षालाई साकार पार्न सकेन। 

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता सेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भयो।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको सेयर पाँच प्रतिशत तथा मायाखोला जलविद्युत र जालपा लघुवित्तको सेयर साढे चार प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे हुँदा पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ।
 

प्रकाशित: Apr 03, 2023| 15:21 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्