बुधबार, असार २५, २०८२

एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

एसईई परीक्षामा आज पनि धनुषामा गम्भीर त्रुटि भएको छ। आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रश्नपत्र पुगेको हो। 
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

धनुषा- एसईई परीक्षामा आज पनि धनुषामा गम्भीर त्रुटि भएको छ। आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रश्नपत्र पुगेको हो। 

विज्ञानको परीक्षा चैत २२ गते बुधबार रहेको छ। धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताइएको छ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको जानकारी दिए। यसअघि अंग्रेजी विषयको परीक्षामा पनि यस्तै त्रुटि भएको थियो।

प्रकाशित: Apr 03, 2023| 10:08 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्