बिहीबार, असार २६, २०८२

कोल्टीमा जीप दुर्घटना, सात जना घाइते

बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

बाजुरा- बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

बाजुराको कोल्टीबाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको जीप बुढीनन्दा नगरपालिका एक कोल्टीको तल्लो बजारमा दुर्घटनामा परेको हो। ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको जीप ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

घाइते हुनेमा हिमाली गाउँपालिका ३ का वर्ष १६ वर्षका कार्चेन गुरुङ , वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७ का दावा सान्पाङ्ग ,हिमाली सातका २२ वर्षका योग्य राज उपाध्याय खत्याड गाउँपालिका ११ का वर्ष ७० कि रामदेवी शाही ,वर्ष २६ का परु शाही र गाडी चालक हेमराज तिमिल्सिना रहेका छन्। घाइतेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 01, 2023| 07:19 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्