शुक्रबार, असार २७, २०८२

आज काठमाडौंका केही स्थानमा सवारी आवगमन प्रभावित हुने

काठमाडौंका केही स्थानमा आज पनि सवारी आवगमन प्रभावित हुने भएको छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- काठमाडौंका केही स्थानमा आज पनि सवारी आवगमन प्रभावित हुने भएको छ। सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवगमन प्रभावित हुने भएको हो। 

आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवगमन प्रभावित हुनसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ। रथ यात्राको समयमा उक्त क्षेत्रमा कुनै सवारी साधन प्रवेश गर्न दिइने छैन। 

हिजो तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असन क्षेत्रको सवारी रथयात्राको समय प्रभावित भएको थियो। हिजोदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।

प्रकाशित: Mar 30, 2023| 08:10 बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्