सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा मलेसिया पुगेका पाँच नेपाली युवा अलपत्र

वैदेशिक रोजगारीमा मलेसिया पुगेका पाँच नेपाली युवा अलपत्र

वैदेशिक रोजगारीका लागि गत कात्तिकमा मलेसिया पुगेका पाँच युवा नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको बदमासीका कराण अलपत्र परेका हुन्। 
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

खोटाङ– वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि अलपत्र छन्। वैदेशिक रोजगारीका सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापर्वाहीका कारण अलपत्र परेका हुन्। 

मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन्।

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चार माध्यममार्फत हारगुहार गरिरहेका छन्। काठमाडौंको गौशालास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ।

दैनिक आठ घन्टाका दरले साताको ६ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिए।

‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो। अहिले हामी आएको पाँच महिना बितिसक्यो। कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्’, उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन्। हामीलाई बन्दी बनाएर राखिएको छ।’

प्रकाशित: Mar 29, 2023| 11:16 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्