शनिबार, असार २८, २०८२

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक धरौटीमा रिहा

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो साता पक्राउ परेका तीनै जनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन्।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए।

तीनै जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ। उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए। सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन्।

प्रकाशित: Mar 28, 2023| 14:48 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्