आइतबार, असार २९, २०८२

मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू विरोधसभाका लागि वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरको नगर प्रहरीले गेटमै रोकेको हो।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– रौतहटबाट ११ दिन लगाएर पैदलै हिँडेर न्यायका लागि संघीय राजधानी आएका मिटरब्याज पीडितलाई काठमाडौं महानगरले खुलामञ्च प्रवेशमा रोक लगाएको छ।

सोमबार विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू विरोधसभाका लागि वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरको नगर प्रहरीले गेटमै रोकेको हो। 

खुलामञ्च प्रवेशमा अवरोध गरेपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्। खुलामञ्चमा विरोध कार्यक्रम गर्न महानगर र जिल्ला प्रशासन काठमाडौंसँग अनुमति मागे सुनुवाइ नभएको मिटरब्याज पीडितको गुनासो छ।

खुलामञ्च प्रवेशमा अवरोध गरिएपछि वीर अस्पताल अगाडिको सडकमै बसेर कार्यक्रम गर्न थालिएको मिटरब्याज पीडित संघर्ष समिति संयोजक मनोज पासवानले बताए।

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरसँग अनुमति नलिएकाले खुलामञ्चभित्र पस्न नदिइएको दाबी गरे।

प्रकाशित: Mar 27, 2023| 17:14 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्