आइतबार, असार २९, २०८२

नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं- काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए। 

प्रकाशित: Mar 27, 2023| 14:56 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्