आइतबार, असार २९, २०८२

विभिन्न स्थानमा मृतावस्थामा भेटिए ६ जना

मृतावस्थामा फेला परेकामाथि छानबिन र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ६ जना मृतावस्थामा भेटिएको बताएको छ।

प्रहरीका अनुसार लमजुङको बेंसीसहर नगरपालिका–२ गैरीस्थित मस्र्याङ्दी नदी किनारमा वडा–७ मनाङचौताराकी ४९ वर्षीया तारादेवी गुरुङ आइतबार मृत अवस्थामा फेला परेकी छन्। 

यस्तै, सुनसरीको धरान उपमहानगर–१६ नौलोबस्तीस्थित धनकुटा महालक्ष्मी नगरपालिका–७ का ४२ वर्षीय सुशील पौडेल बाटोमै मृतास्थामा फेला परेका छन्। 

प्रहरीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका ४५ वर्षीय सङबहादुर सुनार सोही ठाउँस्थित जरी खोलामा आइतबार मृतावस्थामा फेला परेका छन्। 

दोलखाको जिरी नगरपालिका–३ मालीका ३८ वर्षीय सांगे शेर्पा सोही ठाउँस्थित काप्ती जंगलको खोल्सामा आइतबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

दैलेखको महाबु गाउँपालिका–५ गडीगाउँकी ७३ वर्षीया लीलावती चुनारा भैरवी गाउँपालिका–६ कुर्माकोटस्थित भुतेर खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छन्। 

प्रहरीका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रनबहादुर रेस्मी आफ्नै घर नजिकैको भल्टेखानी गैरामा आइतबार मृतवस्थामा फेला परेका छन्। मृतावस्थामा फेला परेकामाथि छानबिन र अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 27, 2023| 14:06 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्