आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुकुममा अटो दुर्घटना: तीन जना घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो

रुकुममा अटो दुर्घटना: तीन जना घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

रुकुम- रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ। मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो। 

जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

उनका अनुसार अटो चालक रोशन बिष्ट, मुसिकोट– ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट–१४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो। रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ।

आज मुसिकोट नगरपालिका–५ को सेरिगाउँदेखि वडा नं १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा१ह ७१९९ नंको अटो सेरिगाउँ नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। 

उक्त अटोमा चालकसहित छजना सवार थिए। घाइतेमध्ये तीनजनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: Mar 26, 2023| 20:47 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्