सोमबार, जेठ ६, २०८२

शाओमी १३ प्रोको प्रि-बुकिङ सुरु

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, शाओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ।

बन्डल अफरको रूपमा शाओमी नेपालले शाओमी १३ प्रोसँगै शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको शाओमी नेपालले जनाएको छ।

शाओमी नेपालका अनुसार प्रि–बुकिङ चैत्र ९ देखि २० गतेसम्म खुल्ला हुनेछ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले यो सफलता शाओमी फ्यानहरूकै मायाको परिणामको रुपमा रहेको बताए। उनले समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको समेत बताए।

लाईका क्यामेरासँग को–इन्जिनियर गरिएको शाओमी १३ प्रोले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्ने शाओमी नेपालको दाबी छ। नवीनतम स्नापड्रागन ८ जेन २, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० हाइपर चार्ज र ४,८२० एमएएचब्याट्री भएको स्मार्टफोनको ब्याट्री चार्जिङ मात्र १९ मिनेटमा शतप्रतिशत हुन्छ।

शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ। शाओमीका ग्राहकहरुले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सक्नेछन्।

शाओमी १३ प्रो, १२+२५६ जिबी भेरियन्टमा सेरामिक ह्वाईट र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ। ५ हजार रुपैयाँमा प्रि–बुक गर्न सकिने शाओमी नेपालले जनाएको छ। यससँगै वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सकिन्छ। मोबाइल फोनको मूल्य भने १ लाख २९ हजार ९९९ रहेको छ।
 

प्रकाशित: Mar 26, 2023| 19:00 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्