सोमबार, जेठ ६, २०८२

१२ चैतमा मनाइन्छ जुम्लामा राष्ट्रिय धान दिवस

दुर्लभ जुम्ली मार्सी उत्पादनले ख्याति पाउँदै आएको जुम्लामा १२–२० सम्म मनाइन्छ राष्ट्रिय धान दिवस।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– सरकारले मुलुकभर १५ असारलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ। तर कर्णाली प्रदेशको जुम्लामा भने १२ असारमै राष्ट्रिय धान दिवस मनाउने चलन छ।

जुम्लामा प्रत्येक वर्ष १२–२० चैतसम्म धान दिवस मनाइँदै आएको छ। जुम्लामा ९ दिनसम्म मनाइने राष्ट्रिय धान दिवस अवसरमा आज सार्वजनिक बिदा दिइएको छ।

जुम्लाको दुर्लभ जुम्ली मार्सीले संसारमै सबैभन्दा बढी करिब २७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ। विसं १०९८ देखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बिउ राखेको इतिहासमा उल्लेख छ।

धान दिवस अवसरमा मार्सी संरक्षण र उत्पादन वृद्धिसँगै बजारीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको कर्णालीका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बताए। 

जुम्लामा काली मार्सी धान आजैदेखि रोप्न थालिएको छ। धानको बिउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा धान उत्पादनको सुरुआती समय मानिन्छ। जुम्लाका आठ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयले बताएको छ।

तर १५ असारको सरकारी धान दिवसमा गाउँबस्तीमा चहलपहल भए पनि सहरी क्षेत्रमा प्रचार र बजेट सक्नकै रोपाइँ गरिँदै आएको छ। सरकारको बेवास्ताका कारण कृषि कर्ममा लागेकाहरु पातलिँदै गएका छन्। 

१५ असारको धान दिवसमा काठमाडौंका काँठ क्षेत्रमा कंक्रिटका घरहरु बनिरहे पनि बचेखुचेका खेतमा गएर मन्त्रीदेखि नेताहरुले धान रोपाइँ गरेका दृष्य सञ्चार माध्यमबाट प्रचारित र प्रसारित भइरहेका हुन्छन्।

प्रकाशित: Mar 26, 2023| 14:33 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्