आइतबार, असार २९, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीनजना एटीसी निलम्बनमा

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना एटीसीलाई कारबाही गरेको छ। एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एटीसी निलम्बनमा परेका हुन्। 

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले उनीहरु कारबाहीमा परेका हुन्।

यस विषयमा छानबिन गर्न समिति कमिटी गठन गरिएको र समितिको अध्ययन प्रतिवेदन नआएसम्मका एटीसी निलम्बनमा रहेको प्राधिकरणले जनाएको छ। 

प्रकाशित: Mar 26, 2023| 14:27 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्