आइतबार, असार २९, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले गरे गोरखनाथ मन्दिर दर्शन 

राष्ट्रपति पौडेलले गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजाआजा गरेका हुन्।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल पहिलोपल्ट गोरखा भ्रमणमा निस्किएका छन्।

राष्ट्रपति पौडेलले आइतबार बिहान १० बजे गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजाआजा गरेको राष्ट्रपति कार्यालय शीतलनिवासले जानकारी दिएको हो।

राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घन्टा बिताउने तालिकाअनुसार ऐतिहासिक गोरखा दरबार र संग्रहालय अवलोकन गरिरहेका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट गोरखा आएका पौडेल आजै काठमाडौं फिर्ता हुँदै छन्।

प्रकाशित: Mar 26, 2023| 11:13 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्