सोमबार, जेठ ६, २०८२

नेपालमा ३.१ प्रतिशतले चढ्छन् कार

जनगणनाअनुसार नगरपालिकामा ४.१ प्रतिशतले आफ्नै कार प्रयोग गरिरहेका छन् भने गाउँपालिकामा यस्तो संख्या १.१ प्रतिशत रहेको छ।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– १२औं जनगणना २०७८ अनुसार नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुईपांग्रे सवारी साधन भएको विवरण सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको जनगणना विवरणमा ३५ प्रतिशत परिवारले साइकल प्रयोग गर्दै आएको उल्लेख छ।

जनगणनाअनुसार नगरपालिकामा ४.१ प्रतिशतले आफ्नै कार प्रयोग गरिरहेका छन् भने गाउँपालिकामा यस्तो संख्या १.१ प्रतिशत रहेको छ।

सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग गरिरहेको जनगणनामा समेटिएको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

प्रकाशित: Mar 25, 2023| 13:40 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्