सोमबार, असार ३०, २०८२

नेपालमा विवाहका लागि योग्य छन् ८० लाख अविवाहित

नेपालमा विवाहयोग्य भएर पनि अविवाहित हुनेमा पुरुष ४४ लाख २ हजार ९६२ र महिला ३५ लाख ३३ हजार ३६ रहेका छन्।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– सरकारले शुक्रबार सार्वजनिक गरेको १२औं जनगणना २०७८ अनुसार नेपालभर करिब ८० लाख जना अविवाहित रहेको देखिएको छ। यीमध्ये पुरुष ४४ लाख २ हजार ९६२ र महिला ३५ लाख ३३ हजार ३६ रहेका छन्।

यस्तै, १० वर्ष नपुग्दै ५४ हजार ३४८ जनाको विवाह भएको देखिएको वैवाहिक स्थितिअनुसारको जनगणना विवरणले देखाएको छ। १० वर्ष नपुग्दै विवाह गर्नेमा ४५ हजार ७७३ महिला र ८ हजार ५७५ पुरुष रहेका छन्। 

१ करोड ४८ लाख ९ हजार २९४ जना विवाहित रहेका छन्। विवाह गरेका पुरुष ६८ लाख १० हजार ४२ र महिला ७९ लाख ९९ हजार २५२ जना रहेको जनगणना विवरणमा समेटिएको छ। जनगणनामा देशका हरेक परिवारभित्रका १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको वैवाहिक स्थितिसम्बन्धी प्रश्न समावेश गरिएको थियो। 

सोहीअनुसार प्राप्त नतिजाले १० वर्ष वा सोभन्दा बढी उमेरका कुल २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३३.१ प्रतिशत अविवाहित रहेका छन्। 

१० वर्षभन्दा माथिल्लो उमेरका पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत अविवाहित रहेको पाइएको छ। १० वर्षमाथिका व्यक्तिमध्ये ६१.८ प्रतिशत विवाहित रहेको देखिएको छ।

प्रकाशित: Mar 24, 2023| 14:01 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्