सोमबार, असार ३०, २०८२

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

धनगढी- भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो। 

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।  उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 24, 2023| 13:56 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्