सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सप्तरीको बोदे बर्साइनमा 'कोल्ड स्टोर' निर्माण भएपछि भण्डारणमा सहज

सप्तरीको बोदे बर्साइनमा 'कोल्ड स्टोर' निर्माण भएपछि भण्डारणमा सहज

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ।

वडा नं-२ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए।

नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे।

केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो। जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुरले जानकारी दिए।

विश्व वैभव कन्सटेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको कोल्ड स्टोर आगामी असारसम्म पूरा हुनेछ।

प्रकाशित: Mar 23, 2023| 21:02 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्