सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा सञ्‍जय अग्रवाल

नेपाल-इटाली चेम्बर अफ कमर्सको अध्यक्षमा सञ्‍जय अग्रवाल

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- नेपाल-इटाली चेम्बर अफ कमर्शको अध्यक्षमा सञ्‍जय अग्रवाल चयन भएका छन्। संघको ९औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्ष चयन भएका हुन्।

उनी रमेश कर्पका कार्यकारी निर्देशक हुन्। संघको वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी चयन भएका छन्। उनी एनडिज डेरीका प्रबन्ध निर्देशक हुन्। संघको उपाध्यक्षमा भने मनोज ज्ञवाली चयन भएका छन्। उनी नबिल बैंकका वरिष्ठ डेपुटी सीइओ हुन्। संघको महासचिवमा तीर्थबहादुर रोक्का, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा रोम घिमिरे र मनोज श्रेष्ठ चयन भएका छन्।

संघका सदस्यहरुमा अन्ना मारिया, अरुण केसी, विना प्याकुर्‍याल श्रेष्ठ, भुवन फैँजु, वीरेन्द्र शाही, किशन सुनुवार, किशोर भट्टराई, निरज श्रेष्ठ, सञ्‍जय अग्रवाल, सरिक बोगटी, साम्बा लामा, शम्भु लामा, सुवास विक्रम शाह, सुमित धानुका, सुशील जैन, विनोद सागतानी र युगेश बादे चयन भएका छन्।
 

प्रकाशित: Mar 23, 2023| 17:32 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्