हेटौंडा- मकवानपुरको सामरी खोलामा एकजना पुरुषको शव फेला परेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित सामरी खोलाको किनार आज बिहान एक पुरुषको शव फेला परेको हो।
उक्त शव स्थानीय स्याउली बस्ने ५५ वर्षीय सोर्जे पुलामीमगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।
मगरको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।