मंगलबार, असार ३१, २०८२

वसन्त ऋतुमा हिमाल चढ्न ५३ आरोहीले लिए अनुमति

२५ मुलुकका ५३ आरोहीलाई हिमाल आरोहण अनुमति दिइएको हो।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म ५३ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार बुधबारसम्म २५ मुलुकका ५३  आरोहीलाई हिमाल आरोहण अनुमति दिइएको हो। यीमध्ये ३६ पुरुष र १७ महिला रहेको विभागले बताएको छ।

आरोहण अनुमति शुल्कबापत १ करोड ३६ लाख ४ हजार ७३० रुपैयाँ संकलन भएको विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाको भनाइ छ।

उनले भने, ‘आरोहणका लागि आइरहेका चासोले यस वर्ष सगरमाथामा नयाँ रेकर्ड कायम हुन सक्ने देखिएको छ। यो सिजनमा आरोहणका लागि खुला गरिएका हिमालमध्ये सगरमाथामा अघिल्ला वर्षको रेकर्ड टुट्न सक्छ।’

यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या बढ्न सक्ने उनको अनुमान छ। 

यो सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि सबभन्दा धेरै ३४ जनाले अनुमति लिएका छन्। 

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै दक्षिण कोरिया र जापानका ६–६ जना छन्।  अमेरिकाका ५, भारत र नर्वेबाट ४–४, बेलायतबाट ३, चीन, फ्रान्स, म्यासिडोनिया, पाकिस्तान रोमानियाबाट २–२ जनाले आरोहण अनुमति लिएका छन्। अन्य १४ देशबाट एक/एक जना आरोहण अनुमति लिएको विवरण विभागले विवरण सार्वजनिक गरेको छ।

सन् २०२२ को वसन्त ऋतुमा सबभन्दा बढी ४५८ जनाले विभिन्न हिमालको आरोहण गरेका थिए। उक्त समयमा नेपालसहित ७४ देशका १२३ समूहका ९८६ जनाले अनुमति लिएका थिए।

प्रकाशित: Mar 23, 2023| 11:40 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्