मंगलबार, जेठ ७, २०८२

स्वावलम्बन लघुवित्त पनि अब एनपिएसमा आबद्ध 

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- स्वावलम्बन लघुवित्त पनि अब नेशनल पेमेन्ट स्वीच (एनपिएस)मा आवद्ध भएको छ।

कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ।

सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ठ र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।  

उक्त सम्झौतापछि स्वावलम्बन लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ)सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ। 

यस अन्तर्गत स्वावलम्बन लघुवित्तले एनसिएचएल–आइपिएस र आरपिएस/कनेक्ट आइपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ।        

एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८८ गैर-बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
 

प्रकाशित: Mar 22, 2023| 20:30 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्