मंगलबार, जेठ ७, २०८२

राष्ट्रपति पौडेललाई निर्माण व्यवसायीले दिए बधाइ

जिम्मा लिएका काम समयमै सम्पनन गरेर विश्वास आर्जन गर्न निर्माण व्यवसायीलाई राष्ट्रपति पौडेलले दिए सुझाव।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको औंल्याएका छन्। बुधबार बधाइ दिन शीतलनिवास पुगेको नेपाल निर्माण व्यवसायी महासंघ पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँगको कुराकानीमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। 

भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिन आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। उनले निर्माण व्यवसायीलाई जिम्मा लिएको काम समयमै सक्न सुझाए। 

महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानुन अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गरे। सार्वजनिक खरिद नियमावलीको १२औं संशोधनका कारण निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहको भनाइ छ।

पछिल्लो समय व्यवसायीलाई भुक्तानी नदिइँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए। उनले राष्ट्रपतिमा निर्वाचित भएकामा महासंघका तर्फबाट पौडेललाई बधाइ दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरे। 

राष्ट्रपतिलाई भेट्न महासंघ सल्लाहकार यक्षध्वज कार्की, जयराम लामिछाने, वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, उपाध्यक्षद्वय रामजी पन्त, बालकृष्ण थापा, महासचिव रोशन दाहाललगायत पदाधिकारी शीतलनिवास पुगेका हुन्।

प्रकाशित: Mar 22, 2023| 16:48 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्