मंगलबार, असार ३१, २०८२

टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष लामिछानेको निधन

टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

टेक्सस-  टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए। टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए।

प्रकाशित: Mar 22, 2023| 10:31 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्