मंगलबार, असार ३१, २०८२

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान जारी

आज सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

अत्तरिया- आज सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पनि मतदान भइरहेको छ।

आज बिहान ८:१५ बजे देखि मतदान सुरुभएको हो। मतदान बेलुकी ४ बजेसम्म हुनेछ।  दुर्गालक्ष्मीमा स्ववियु निर्वाचनका लागि ५ जना सभापतिमा उम्मेदवार छन्। 

सभापतिमा अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी, स्वतन्त्र विद्यार्थी समूहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन्।

प्रकाशित: Mar 22, 2023| 10:09 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्