मंगलबार, असार ३१, २०८२

दक्षिणकालीमा पल्टियो जिप, एकको मृत्यु, आठ घाइते

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१झ ३४२४ नम्बरको जिप दक्षिणकालीमा दिउँसो दुर्घटनामा परेको हो। 
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– हेटौंडाबाट काठमाडौं आउँदै गरेको जिप दक्षिणकाली नगरपालिका–८ स्थित शीतलचोकमा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

मंगलबार हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१झ ३४२४ नम्बरको जिप दक्षिणकालीमा दिउँसो दुर्घटनामा परेको हो।  जिप चालकलाई नियन्त्रण लिइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेर ज्यान गुमाएका मृतकको पहिचान हालसम्म खुलेको छैन। दुर्घटनामा घाइते अन्य आठ जनालाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 21, 2023| 16:50 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्