मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कार आरोपमा पक्राउ परेका शिक्षक पुर्पक्षका लागि कारागार चलान

बलात्कार आरोपमा पक्राउ परेका शिक्षक पुर्पक्षका लागि कारागार चलान

 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन्।

चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए। उनले थप प्रमाण बुझ्ने काम थुनामा राखेर नै गरिने बताए।

शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ।
भरतपुर महानगरपालिका-१२ घर भएका क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाउने नाममा पटकपटक यौन शोषण गरेको जोहरीमा उल्लेख छ।

शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।

स्थायी दरबन्दीमा नाम निकालेपछि गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित: Mar 21, 2023| 14:59 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्