मंगलबार, असार ३१, २०८२

सल्यानमा आगलागीमा परी घाइते भएका चार जनालाई भारत लगियो

कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

सल्यान- कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ। तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा आगलागी हुँदा घाइते भएका चार जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको हो। 

घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेको थियो। त्यसपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए। 

रेफर गरिएकाको अवस्था जटिल रहेको उनले जानकारी दिए। उनका अनुसार क्षेत्रमणि रानाको अवस्था भने सामान्य छ। गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए।

प्रकाशित: Mar 21, 2023| 13:32 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्