मंगलबार, असार ३१, २०८२

सांसद चन्द्र भण्डारीले खान थाले भात

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएपछि सामान्य आहार दिन थालिएको हो।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

मंगलबारदेखि भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको उनका सहयोगी योगराज कँडेलले बताएका छन्।

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा घाइते भएका भण्डारीलाई सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गराएर थप उपचारका लागि भारत लगिएको थियो। 

४ फागुनदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएपछि सामान्य आहार दिन थालिएको हो।

सांसद भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको, कलमी गरेको छालाले पनि राम्रो प्रतिक्रिया दिएको, अनुहारको छाला राम्रो हुँदै गएको र फिजियोथेरापी जारी राखिएको छ।

सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नु नपर्ने चिकित्सकले

बताएका छन्। सांसद भण्डारीलाई  हिँड्न प्रयास गराउने चिकित्सकले बताएको कँडेलले जानकारी दिए। 

हालसम्म सांसद भण्डारीको उपचारमा ५६ लाख खर्च भइसकेको सरकारले बताएको छ।

प्रकाशित: Mar 21, 2023| 13:18 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्