बुधबार, साउन १, २०८२

धनगढीमा सोमबार रातिदेखि वर्षा जारी

सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

धनगढी- सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ। सोमबार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभाग र तराई भूभागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ। महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।

मंगलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

राति पहाडी भूभाग तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधवार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहिवार देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
 

प्रकाशित: Mar 21, 2023| 12:00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्