मंगलबार, असार ३१, २०८२

पसलमा आगलागी हुँदा सल्यानमा पाँच जना घाइते

सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। ​गएराति शंकर रानाको किराना पसलमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ।

आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका–४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।​

घाइतेको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको उनको भनाइ छ।  घाइते पाँच जनामध्ये शंकर, यज्ञ, जीवन र सञ्जीवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 21, 2023| 10:09 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्