बुधबार, साउन १, २०८२

त्रिपुरा सुन्दरीमा नेविसंघको प्यानल नै विजयी

अछामको त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

अछाम- अछामको त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ। स्ववियु सभापति कमल कुँवरको प्यानल विजयी भएको हो।  

सभापतिमा कुँवर १३८ मतले विजयी भए भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सन्तोष कडायतले ३५ मत प्राप्त गरे।

त्यस्तै सचिवमा हरिसचन्द्र तिरुवा, कोषाध्यक्ष ऐश्वर्य बोगटी, सदस्यहरूमा सागर खड्का, किरण विक, लक्ष्मी नायक, मनिषा साउद र हेमराज जोशी विजयी भए। निर्वाचनमा १९२ मत खस्दा १९ मत बदर भएको थियो।

प्रकाशित: Mar 20, 2023| 09:58 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्