बिहीबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एस निकट अनेरास्ववियुका उम्मेदवार विजयी

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एस निकट अनेरास्ववियुका उम्मेदवार विजयी

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

दाङ- दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन्। गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन्। यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए।
सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन्। कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन्। कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन्।

प्रकाशित: Mar 19, 2023| 20:31 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्