बिहीबार, साउन २, २०८२

डोटीमा नेविसंघले गर्‍यो जिल्ला प्रशासन कार्यालय घेराउ

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

धनगढी- नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ। विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो। 

स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेका थिए।

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्कबहादुर कलेलले जानकारी दिए। नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ।
 

प्रकाशित: Mar 19, 2023| 17:28 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्