बिहीबार, साउन २, २०८२

चितवनमा पाटेबाघ मृत फेला

चितवनको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

चितवन- चितवनको कालिका नगरपालिका-७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ। उक्त संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी ६ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुन सक्ने अनुमान छ। शनिबारै शव परीक्षण गरेर बाघको नमुना परीक्षण सुरु गरिएको छ।

बाघको मुख र मलद्वारमा सेतो फिँज र पेटमा बाख्राको अंग भेटिएको खनालले जानकारी दिए। यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो।

प्रकाशित: Mar 19, 2023| 09:35 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्